डा. शेखर कोइरालाले शहीद दिवसमा शहीदहरुप्रती अर्पण गरे भावपूर्ण श्रद्धाञ्जली


काठमाडौं । 

शहीद दिवसको अवसरमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका लागि बलिदान दिएका शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

उहाँले शहीदहरूको त्याग र बलिदानले नै आजको लोकतान्त्रिक उपलब्धि सम्भव भएको बताउँदै शहीदका आदर्शलाई आत्मसात गर्दै अघि बढ्न सबैलाई आग्रह गर्नुभयो।