काँग्रेसकाे चार तारे झण्डा ओडाएर कालंगा नदिमा युवा नेता मल्लकाे अन्त्यष्टी

2.73k
Shares

बझाङ ।

नेपाली काँग्रेस बझाङ जिल्ला कार्यसमिति सदस्य तथा युवा नेता हिक्मत मल्लकाे पार्थी शरिरलाई काँग्रेसकाे चार तारे झण्डा ओडाएर कालंगा नदिमा अन्त्यष्टी गरेकाे छ ।

नेपाली काँग्रेस बझाङका पार्टी सभापति खडक बहादुर बाेहरा,प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा सहमहामन्त्री प्रकाश रसाइली स्नेही,पुर्व सभापति हर्कजंग बहादुर सिंह,युवा नेता अभिषेक बहादुर सिंह,पार्टी सचिव झलक कठायत,पुर्व सचिव भरत खड्का,भक्त राज जाेशी,क्षेत्रीय सचिव कलक बाेहरा लगायत नेविसंघ,तरूणदल ,महिलासंघ,नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि,सदस्य लगायत नेता कार्यकर्ताले आर्यघाटमा शाेक सभा राखि पार्टीको झण्डा ओडाएर बित्थडचिर गाउँपालिका र केदारस्युँ गाउँपालिकाकाे बिच भागमा बग्ने बुङ्गलबाट आउने कालंगा नदिकाे किनारमा दाहसंस्कार गरिएकाे छ ।

जिल्ला सदस्य स्व.हिक्मत बहादुर मल्लले पार्टीमा गरेकाे याेगदानकाे कदर र सम्झना गर्दै कहिल्यै बिर्सन नसकिने आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रकाश रसाइली स्नेहीले दु:ख ब्यक्त गरेका छन् । उनले भने उहाँकाे असामयिक निधनले म र हाम्रो पार्टी लाई ठूलाे क्षती भएकाे छ । उहाँले गरेका याेग्दानकाे काँग्रेस पार्टी सधै रिणी रहने छ उम्मेदवार स्नेहीले शाेक सभामा बताए ।


यसैगरी नेपाली काँग्रेस बझाङका सभापति खडक बहादुर बाेहराले दु:ख ब्यक्त गर्दै स्व.मल्लकाे असामयिक निधनले सिङ्गाे पार्टी नै शाेकमा परेकाे बताए । जिल्ला सदस्य मल्लले गाउँ गाउँ देखि पार्टी बलियाे बनाउन खेलेको अबिश्मरणिय कार्य हाम्रो लागि सदा सदा स्मर्ण र उहाकाे अभाव पार्टीमा रहिरहन्छ सभापति बाेहराले बताए ।


पार्टी भित्रकाे हुनाहार जिल्ला सदस्यकाे निधनमा नेपाली काँग्रेस क्षेत्रिय कार्यसमितिले पनि दु:ख ब्यक्त गरेकाे हाे । स्व. मल्ललाई सम्झिदै आनणतिम बिदाईमा सहभागी (मलामी) आएकाे शुुभचिन्तक,आफन्तजन,साथी संगी,राजनीतिक दलले उहाँको याेग्दान र भावनालाई सधै भुल्न नसकिने भन्दै दु:ख ब्यक्त गर्दै मृतक आत्माकाे चिरशान्तिकाे कामना गर्दै शाेकाकुल परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् हार्दिक समवेदना ब्यक्ति गरेका छन् ।

स्व. हिक्मत बहादुर मल्ल मिती:२०४५साल८महिना १० गते स्व.बुवा ललित मल्ल,मुवा ललिता मल्लकाे काेखबाट बित्थडचिर गाउँपालिका वडा नं ९ खलपाटा गाउँमा जन्म भएको थियाे । बिगत लामो समय देखि कलेजाेमा समस्या का कारण उपचारार्थ अवस्थामा हुनुहुन्थ्यो । माघ १३ गते राति बिराम झनबढि भए पछि आफन्तहरूले उपचारको लागि धनगढी लिएका थिए । उपचारकैक्रममा माघ १४ गते अपराह्न धनगढी स्थित निसर्ग हस्पिटलमा निधन भएको थियाे ।