पश्चिमी वायुको प्रभाव: पहाडमा आंशिक बदली, उच्च भूभागमा हल्का हिमपातको सम्भावना


काठमाडौँ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ भने पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ।

आज तराईका केही स्थानमा हुस्सु तथा कुहिरो रहनेछ। गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।