काठमाडौं ।
नखिपोट युवा क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता बुधबारदेखि सुरु भएको छ ।
नखिपोटस्थित आयोजककै कभर्डहलमा भइरहेको प्रतियोगिताको पहिलो दिन यु–१७ ब्वाइज सिंगल्समा लभ ब्याडमिन्टन एकेडेमीका अस्मित राणाले देवीनगरका सुभाङ आचार्यलाई २१–७ र २१–१० तथा नेपाल आर्मीका प्रतीक विष्टले धन्यन्तरीका सुशान्त प्रजापतिलाई १९–२१, २१–१९ र २१–१६ को सेटमा पराजित गरे ।











प्रतिक्रिया