खुम्बु ल्होसार कप फुटबल हुने


काठमाडौं ।

महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकको आयोजनामा १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता माघ २४ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा आयोजकको १ सहित ८ टोलीको सहभागिता रहने आयोजक मञ्चका महासचिव पेम्बा छिरी शेर्पाले जनाए । नयाँ वर्ष ग्याल्बो ल्होसार में त लो २१५३ को पावन अवसरमा हुन लागेको प्रतियोगिताको विजेताले १ लाख ५० हजार नगद प्राप्त गर्नेछ ।

यस्तै, दोस्रो र तेस्रोले क्रमशः ८० हजार र ४० हजार नगद प्राप्त गर्ने आयोजक मञ्चका उपाध्यक्ष फुरी शेर्पाले बताए । विधागत उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।