केभीकेएसस र ल्यान्डमार्क सेमिफाइनलमा


काठमाडौं ।

आयोजक केभीकेएसएस ‘ए’ र ल्यान्डमार्क एकेडेमी पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

टोखा नगरपालिकाको मिलन टोलस्थित घरेलु कोर्टमा केभीकेएसएस ‘ए’ आफ्नै ‘सी’ टोलीलाई २६–१२ ले पराजित ग¥यो । विजेताकी रोसी श्रेष्ठले १२ स्कोर गरिन् ।

अर्को खेलमा ल्यान्डमार्कले अन्जली राईको ६ अंकको सहयोगमा ह्वाइट हेभेनलाई १५–६ ले हरायो ।