फेरिल्यान्डको तीनै टोली सेमिफाइनलमा


काठमाडौं ।

आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुलको तीनै टोली सिमोन स्मृति दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । जुनियर गल्र्समा फेरिल्यान्ड ‘ए’ ले जेबी स्कुललाई २४–१८ ले पराजित ग¥यो । विजयी टोलीका लागि सन्दिपा राईले ७ स्कोर गरिन् ।

फेरिल्यान्ड ‘बी’ ले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १९–१५ ले हरायो । विजेताकी सायाना माझीले ६ अंक जोडिन् । जुनियर गल्र्समै न्युटनले हिमशिलालाई २०–१६ तथा भ्याली पब्लिकले क्यान्भास बसन्त ऋतुलाई २१–१५ ले पाखा लगायो । जुनियर ब्वाइजमा फेरिल्यान्डले बीएनएलाई १९–१५ ले पन्छायो । फेरिल्यान्डका राहुल मग्रातीले ६ स्कोर गरे ।