काठमाडौं ।
दि एक्सेल्सियर स्कुलले राष्ट्रिय महिला फुटबल खेलाडी रेखा पौडेललाई बुधबार नगदसहित सम्मान गरेको छ । एक्सेल्सियरकै आयोजनामा बुधबारदेखि सुरु भएको १२ औं एक्सेल्सियर कपको उद्घाटनका अवसरमा रेखालाई नगद ४० हजारसहित सम्मान गरिएको हो । बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, एक्सेल्सियरकी अध्यक्ष शीतल राणा र एक्सेल्सियरका प्रबन्ध निर्देशक राम बस्नेतले रेखालाई सम्मान पत्र, मायाको चिनो र नगद प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।
प्रतियोगिताअन्तर्गत् बास्केटबल सिनियर गल्र्समा एक्सेल्सियर र रिब्सले विजयी सुरुआत गरेका छन् । एक्सेल्सियरले ह्वाइटफिल्डलाई १४–७ ले पराजित ग¥यो । एक्सेल्सियरको जितमा अकिना घिमिरेले १२ अंक योगदान गरिन् । सुप्रिया मल्लको १२ अंक सहयोगमा रिब्सले द चाँदबाग स्कुललाई २२–१२ ले हरायो ।
यस्तै, ब्वाइज फुटसलतर्फ यु–११ मा बोधीवृक्षले बोधीसत्वलाई ५–०, लाइफ स्कुलले बोधीवृक्षलाई ११–० र एक्सेल्सियर (ब्लु) ले बाल दीक्षा सदनलाई १–० गोलले पराजित गरे ।
स्वयम्भूस्थित आयोजकै हातामा भइरहेको प्रतियोगिताको यु–१६ मा बोधीसत्वले संस्कृतिलाई ३–० तथा एक्सेल्सियर (यल्लो) ले बाल दीक्षा सदनलाई १–० गोलले पाखा लगाए ।











प्रतिक्रिया