एकैदिन सुन तोलामा २० हजार ५०० ले बढ्यो, नयाँ कीर्तिमान


काठमाडौँ ।

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ। बुधबार सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ थियो।

आजको वृद्धिसँगै १० ग्राम सुनको मूल्य २ लाख ९० हजार ८९५ रुपैयाँ पुगेको छ। त्यसैगरी, चाँदीको भाउ पनि बढ्दै तोलामा ७ हजार ५०५ रुपैयाँ र १० ग्राममा ६ हजार ४३४ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।