काठमाडौँ ।
काठमाडौँको मूलपानीमा लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ। गएराति जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लुटेरालाई पक्राउ गर्ने क्रममा दुई राउन्ड गोली चलाएको हो। गोली लागेर लुटेरा समूहका एक नाइके घाइते भएका छन् र उनलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ।
लुटेरालाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि गोली चलाउनुपरेको काठमाडौँ प्रहरीका एसपी रमेश थापाले जानकारी दिएका छन्। यस घटनामा दुई जना प्रहरी पनि घाइते भएका छन्। उपत्यकाका विभिन्न स्थानमा लुटपाट गर्दै आएका १० जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरू गौशाला, स्वयम्भू, बौद्ध र भक्तपुर क्षेत्रमा सक्रिय रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छैन।











प्रतिक्रिया