चितवनको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु


काठमाडौं । 

चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गएराति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय विनोद सुवेदीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृतक सुवेदीको शव परीक्षणका लागि भरतपुर अस्पतालमै राखिएको छ।