नागरिक दैनिकमा भएको तालाबन्दीप्रति मिडिया एलाइन्सको गम्भीर ध्यानाकर्षण


काठमाडौं ।

मिडिया एलाइन्स नेपालले बुधबार नेपाली सञ्चार क्षेत्रको अग्रणीमध्येको एक सञ्चार गृह नेपाल रिपब्लिक मिडिया(नागरिक दैनिक) मा गरिएको तालाबन्दीप्रति गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ ।

मिडिया एलाइन्सले पत्रकार महासंघजस्तो जिम्मेवार संस्थाबाट भएको तालाबन्दीको कार्यले आफूहरूलाई आश्चर्यमा पारेको र यस्तो कार्य सह्य नहुने जनाएको छ ।

‘प्रचलित कानुन तथा संवैधानिक व्यवस्थासमेतको बर्खिलाप हुनेगरी कुनै पनि पत्रपत्रिकाको प्रकाशनमा प्रत्यक्ष अवरोध पु¥याउने मनसायसहित भए गरिएका यस्ता कार्यहरू कुनै पनि अवस्थामा स्वीकार्य नहुने भएको हुँदा यस संस्था त्यस्ता कार्यहरूको भत्र्सना गर्दछ ।’ – एलाइन्सले भनेको छ ।

मिडिया एलाइन्सले कुनै पनि विवादहरूको अन्तिम समाधान कानुनी प्रक्रियाबाट नै हुने भएकोले अनावश्यक दबाब सिर्जनाका लागि अन्य तरिकाले गरिने सबै कार्यहरू तथा सोबाट सञ्चार गृह सञ्चालक÷प्रकाशक र सञ्चार गृहको ख्यातिमा पर्ने हानि सम्झाउँदै भनेको छ, ‘विवादको शान्तिपूर्ण र कानुनी समाधान नै अन्तिम तथा उपयुक्त मार्ग भएको हुँदा विधिको शासनलाई उच्च सम्मान गर्दै सोअनुसार अघि बढ्न पनि पत्रकार महासंघलाई आग्रह गर्दछांै ।’