मुगु।
गत शनिवार भएको हिमपातपछि हिमाली जिल्ला मुगुमा दोस्रो पटक फेरि मगंलबार रातिबाट हिमपात सुरु भएको छ ।
मङ्गलबार रातिदेखि लगातार बुधवार साँझ सम्म परेको हिमपातले नाग्म– गमगढी राजमार्गअन्तर्गतको घुच्चीलेक खण्डमा सडक अवरुद्ध भएको छ । एक हप्ताअघि यो खण्डमा जमेको हिउँ पन्छाई सडक डिभिजन कार्यालय जुम्लाले सडक सञ्चालनमा ल्याएको थियो ।बिचमा रुख ढलेर समेत सडक ठाउँ ठाउँमा अवरुद्ध भयको र रारा जाने पर्यटन भुलभुलेमै बास बस्नु परेको यात्री प्रेम बहादुर शाहीले बताए ।
मौसममा सुधार आउना साथ सडक रक्षक र स्काभेटरको प्रयोगले हिउँ हटाइने र हिउँ अझै परिरहेकाले यो सडक भएर यात्रा गर्ने सबैलाई सकभर यात्रा नगर्न र गर्नै परे सुरक्षित उपाय अपनाएर यात्रा गर्न पिना चौकीका इन्चार्ज धनबहादुर कार्कीले बताए ।
माथिल्लो मुगु र उच्च स्थानसहित जिल्लाका विभिन्न क्षेत्रमा मगंलबार रातिदेखि वर्षासँगै हिमपात दोस्रो पटक सुरु भएको स्थानीयले बताएका छन् ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने मुगुम कार्मारोगं गाउँपालिका खत्याड गाउँपालिका खमाले ,सेरि ,चाकपाडे,गम्था तिरका बस्ति हिमपातले सेताम्य भयका छन् ।
छायानथ रारा नगरपालिका अन्तर्गत रारा राष्ट्रिय निकुञ्ज ,ताल्च बिमानस्थल , रोवा ,बाम, मुर्मा लगायतक बस्तमा भारि हिमपातका कारण मानिसको चहलपहल कम भएको छ ।सोरु गाउँ पालिकाको धैनकोट,कालै ,रुम , नेर ,सोरुकोट लगायतका बस्तिमा भारि हिमपातले सोरु गाउँपालिकाबाट प्रदान हुँने सेवा समेत अवरुद्ध भयको सोरु गाउँपालिका वडा न ८ वडा अध्यक्ष हसं कार्कीले बताए । जिल्लाका उच्च हिमाली भागमा ३ देखि ५ फिटसम्म हिउँ जमेको छ ।
नाग्म गमगढि सडक अन्तरगत घुच्चिलेकमा ३ फिटसम्म हिउँ जमेपछि बुधवार कुनैपनि सवारी साधन जिल्ला बाहिर र भित्र आवत जावत गरेनन् भने जिल्लाको एक मात्र बिमान्सथलमा जहाज अबतरण नहुँदा बिमानस्थलमा हवाई यात्रु अन्योलामा परेको ताल्च बिमानस्थलका होटल ब्यबसायि गोबिन्द मल्ल बताउँछन।

हिमापातका कारण सोरु गाउँपालिकामा फैलियको भाईरल नियन्त्रणमा आईसकेको छैन् । हिमपात भयको चिसो प्रभाप अझै फैलिन सक्ने सोरु गाउँपालकाका स्थानिय नर्जगं रावल बताउँछन् ।
हिमपातका कारण अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । विशेषगरी वृद्धवृद्धा, बालबालिका र विपन्न वर्ग बढी प्रभावित भएका छन् ।
यद्यपि यो सिजनको दोस्रो पटकको वर्षा र हिमपातले गहुँ, जौलगायत हिउँदे बालीलाई फाइदा पुग्ने भएकाले किसानहरू भने राहत महसुस गरिरहेका छन् ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, स्वास्थ्य सेवा, पर्यटन तथा हवाई र सडक यातायातमा प्रभाव परेको सोरसगाउँपालिकाका स्थानीय रतनबहादु बमले बताए।











प्रतिक्रिया