काठमाडौँ ।
फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि ६१ जिल्लामा निर्वाचन प्रहरी छनोट गरिएको छ। यसका लागि २ लाख ११ हजारभन्दा बढीले आवेदन दिएका थिए।
प्रहरीका अनुसार अपुग दरखास्त परेका १६ जिल्लामा छनोट प्रक्रिया जारी छ। छनोट भएका निर्वाचन प्रहरीलाई माघ १५ देखि १० दिने तालिम दिएर माघ २५ देखि फिल्डमा परिचालन गरिनेछ। यसपटक प्रहरीले १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी परिचालन गर्ने तयारी गरेको छ।











प्रतिक्रिया