बुधवार सुनको मूल्यले बनायो नयाँ रेकर्ड


काठमाडौं ।

काठमाडौंको नेपाली बजारमा बुधवार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले बढ्दै ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको हो।

अघिल्लो दिन मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी चाँदीको मूल्य पनि बढेर तोलामा ७ हजार ३०० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन ६ हजार ८७० रुपैयाँ थियो।