काठमाडौँ
प्रविधि ब्रान्ड अनर ले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन अनर एक्स नाइन डी को सफल सार्वजनिकरण घोषणा गरेको छ । शक्तिशाली प्रदर्शन, उत्कृष्ट मजबुती र उच्चस्तरीय विश्वसनीयताका लागि डिजाइन गरिएको अनर एक्स नाइन डी आधुनिक प्रयोगकर्ताको आवश्यकता पूरा गर्न सक्षम स्मार्टफोनका रूपमा प्रस्तुत गरिएको हो । यस सेग्मेन्टमा प्रयोगकर्ताको अपेक्षालाई नयाँ स्तरमा पु¥याउने क्षमतासहित यो स्मार्टफोन सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
अनर एक्स नाइन डी मा २.५ मिटर ड्रप रेसिस्टेन्स क्षमता समावेश गरिएको छ, जसले खस्दा हुने क्षतिबाट फोनलाई सुरक्षित राख्छ । साथै, उद्योगमै अग्रणी आईपी सिक्स नाइन के रेटिङ दिइएकाले धुलो र पानीबाट उच्च सुरक्षा प्रदान गर्दछ । लामो समयसम्म चल्ने ८३०० मिलिआम्पियर आवर क्षमताको ब्याट्री र प्रत्येक क्षणलाई स्पष्ट र जीवन्त रूपमा कैद गर्न सक्ने १०८ मेगापिक्सेल उच्च रेजोलुसन क्यामेरा यस स्मार्टफोनका प्रमुख विशेषता हुन् । यी सबै विशेषताले नवप्रवर्तन, मजबुती र उत्कृष्ट प्रदर्शनको सन्तुलन प्रदान गर्छन् । अनर एक्स नाइन डी नेपाली बजारमा दुई भेरियन्टमा उपलब्ध हुनेछ । ८ जिबी र्याम र २५६ जिबी स्टोरेज भएको भेरियन्टको मूल्य रु. ५४,९९९ तोकिएको छ भने १२ जिबी र्याम र २५६ जिबी स्टोरेज भएको भेरियन्ट रु. ५९,९९९ मा उपलब्ध हुनेछ ।
यस विशेष स्मार्टफोनको लञ्च अवसरमा अनरले ग्राहकहरूका लागि आकर्षक प्रि–बुकिङ अफर सार्वजनिक गरेको छ । प्रि–बुकिङ अवधि २०२६ जनवरी २३ देखि जनवरी २८ सम्म रहनेछ। यस अवधिमा प्रि–बुकिङ गर्ने प्रारम्भिक ग्राहकले विशेष लाभहरू प्राप्त गर्न सक्नेछन् ।
प्रि–बुकिङ गर्ने ग्राहकहरूले रु. १५,९९९ मूल्य बराबरको अनर चोइस वाच टु प्रो निःशुल्क प्राप्त गर्नेछन्। साथै, रु. २०,००० मूल्य बराबरको एक वर्षे सेवा सुविधा पनि उपलब्ध गराइनेछ। उक्त सेवाअन्तर्गत स्क्रिन रिप्लेसमेन्ट, ब्याक रिप्लेसमेन्ट तथा पानीबाट हुने क्षतिको मर्मत सेवा समावेश गरिएको छ, जसले ग्राहकलाई थप सहजता र मानसिक शान्ति प्रदान गर्नेछ ।
यस अफरलाई अझ रोमाञ्चक बनाउँदै, प्रि–बुकिङ गर्ने ग्राहकहरूमध्ये एक जना भाग्यशाली विजेताले रु. ५८,९९,९९९ मूल्य बराबरको बिल्कुल नयाँ दीपल एस जिरो फाइभ कार जित्ने अवसर पाउनेछन्। यस योजनाले अनर एस नाइन डी को प्रि–बुकिङ अभियानलाई नेपालकै सबैभन्दा आकर्षक स्मार्टफोन अफरहरूमध्ये एक बनाएको छ ।
अनरले ग्राहकलाई नजिकको अनर आउटलेट वा आधिकारिक रिटेल स्टोर मा गई अनर एक्स नाइन डी प्रि–बुक गर्न आग्रह गरेको छ। नवप्रवर्तन, मजबुती र प्रिमियम मूल्यको उत्कृष्ट संयोजन अनुभव गर्न चाहने ग्राहकका लागि अनर एक्स नाइन डी उपयुक्त विकल्प हुने कम्पनीको विश्वास छ ।











प्रतिक्रिया