सानोथिमि बाल सुधारगृहको अवस्था सामान्य, सुरक्षा कडा


काठमाडौँ ।

सानोथिमि स्थित बाल सुधारगृहको अवस्था अहिले सामान्य बनेको छ भने सुरक्षाका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

बिहीबार राति सुधारगृहभित्र दुई समूहबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको थियो । झडप नियन्त्रणका लागि थिमि प्रहरी वृत्तका प्रमुखको नेतृत्वमा प्रहरी टोली खटिएको थियो तर प्रहरीमाथि नै ढुङ्गा प्रहार भएको जनाइएको छ ।

झडप आगजनी र तोडफोडमा परिणत भएपछि मध्यरातमा भक्तपुर र काठमाडौँबाट वारुणयन्त्र परिचालन गरी आगो नियन्त्रणमा लिइएको थियो । हाल सुधारगृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना रहेका छन् ।