लमजुङ ।
पाँचौँ राइनास कप २०८२ को उपाधि गौलिटार क्षेत्रीय खेल मैदान समिति उचालेको छ । गत वर्षको च्याम्पियन तार्कुघाट युनेस्कोलाई १–० ले पराजित गर्दै आयोजक टोलीले घरेलु मैदानमै उपाधि आफ्नो नाममा लेखायो । निकै प्रतिस्पर्धात्मक खेलमा आयोजक तर्फका लिलिजंग तामाङले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए ।
उपाधि विजेताले ५ लाख नगद प्राप्त गर्दा उपपिजेता टोलीले दुई लाख ५० हजार रुपियाँ पायो । लिलिजंग तामाङले ‘म्यान अफ दि म्याच’ घोषित हुँदै २५ सय रुपैयाँ नगद प्राप्त गरेका थिए । साथै फाइनल खेलमा गोल गरेकोमा शोभा पन्थीले व्यक्तिगत तर्फबाट उनलाई १५ सय रुपैयाँ नगद प्रदान गर्दै हौसला बढाइन् ।
प्रतियोगिताभर तिन गोल गर्दै आयोजकका सञ्जय श्रेष्ठ सर्वाधिक गोलकर्ता घोषित भए । त्यस्तै, सन्दीप रानामगर सर्वोत्कृष्ट खेलाडी र रमेश श्रेष्ठ उत्कृष्ट गोलकिपरको उपाधिबाट सम्मानित भए । उनीहरु तीनै जनालाई जनही १५ हजार रुपैयाँ नगद प्रदान गरियो ।











प्रतिक्रिया