बझाङ ।
नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रकाश रसाइली स्नेहीले “नयाँ सोच, नयाँ अठोट, आशा, भरोसा सहित रुख चिन्हमा भोट” भन्ने नारासहित बझाङमा चुनावी अभियानलाई तीव्र बनाउनु भएको छ। जनताको चाहना, आवश्यकता र अपेक्षालाई केन्द्रमा राख्दै समृद्ध, समावेशी र उत्तरदायी प्रतिनिधित्वको प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उम्मेदवार स्नेहीले विगतदेखि नै जनताको सुख–दुःखमा साथ दिँदै आएको अनुभवलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा प्रयोग गर्ने बताउनुभयो। शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास तथा सामाजिक न्यायलाई प्राथमिकतामा राख्दै संसदमार्फत जनताको आवाज बुलन्द बनाउने उहाँको प्रतिबद्धता रहेको छ। एक न्यून बर्गिय समाजबाट लामो समय सम्म काँग्रेसकाे राजनीतिकमा संघर्षरत रहेका स्नेही अहिले केन्द्रीय राजनीतिमा स्थायित्व बनाउन सफल भएका छन् ।
बझाङ बिकासका लागि केन्द्रीय सरकारबाट बिकास निर्माण र सुशासनका लागि पहल कदमी गरि समृद्ध बझाङकाे परिकल्पना गर्न सकिन्छ । जिल्लाकाे विभिन्न भूभाग र समुदायसंग निकट सम्बन्ध राख्दै आएका स्नेही बझाङ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा हाेमिएका छन् । बझाङ मात्र नभई स्नेहीलाई देशले नै प्रखरवक्ताकाे रूपमा चिरपरिचित गराएको छ ।
स्थानीय तहदेखि केन्द्रसम्मको अनुभव बोकेका स्नेहीले युवाको भविष्य सुरक्षित गर्ने, किसान तथा श्रमिकको हित सुनिश्चित गर्ने र सुशासनमार्फत देशलाई सही दिशातर्फ अघि बढाउने लक्ष्य राख्नुभएको छ। उहाँले विकास निर्माणमा पारदर्शिता, जवाफदेहिता र जनसहभागितालाई विशेष महत्व दिने बताउनुभयो।
चुनावी भेटघाट तथा सभाहरूमा आम नागरिकले देखाएको उत्साहजनक सहभागिताले आफ्नो जीत सुनिश्चित हुने विश्वास उम्मेदवार स्नेहीले व्यक्त गर्नुभएको छ। उहाँले लोकतन्त्र, संविधान र जनअधिकारको संरक्षणका लागि रुख चिन्हमा मतदान गर्न सबै मतदातालाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रकाश रसाइली स्नेही नेपाली काँग्रेसकाे विशेष महाधिवेशन बाट सहमहामन्त्रीमा निर्वाचित हुनुभएकाे थियाे । काँग्रेसकाे केन्द्रीय राजनीतिमा उहाँ प्रभावशाली र प्रखरवक्ताकाेरूपमा चिनिन्छन् ।











प्रतिक्रिया