विराटनगर ।
कोशी प्रदेशका २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ५०४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये १३ जना अघिल्लो निर्वाचनका विजेता हुन् भने ६ जना लगातार दुई पटक वा सोभन्दा बढी निर्वाचन जितिसकेका उम्मेदवारहरू छन् । झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुरका विभिन्न क्षेत्रमा पूर्वविजेता तथा प्रभावशाली नेताहरू पुनः जितको खोजीमा छन् ।
झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली, झापा–३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, झापा–४ बाट एमालेका एलपी सावा, मोरङ–४ बाट अमनलाल मोदी, सुनसरी–४ बाट कांग्रेस नेता ज्ञानेन्द्र कार्की र धनकुटाबाट एमालेका राजेन्द्र राई ह्याट्रिकको दौडमा छन् । यस्तै, विभिन्न क्षेत्रमा कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपाका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।











प्रतिक्रिया