कांग्रेसले थापालाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गर्दै


काठमाडौं ।

नेपाली कांग्रेसले पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा औपचारिक घोषणा गर्ने तयारी गरेको छ । पार्टी स्रोतका अनुसार आज शुक्रवार सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट थापालाई आगामी निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिनेछ ।

हालै नेतृत्व विवाद टुंगिएपछि कांग्रेसले चुनावी तयारीलाई तीव्र बनाउँदै स्पष्ट राजनीतिक सन्देश दिने रणनीतिअनुसार यो घोषणा गर्न लागिएको हो । पार्टीभित्र युवा नेतृत्वलाई अगाडि ल्याउने नीतिअनुरूप थापालाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्न लागिएको नेताहरूको भनाइ छ । बैठकमा प्रधानमन्त्री उम्मेदवार घोषणासँगै आगामी निर्वाचन रणनीति र संगठनात्मक तयारीका विषयमा समेत छलफल हुने बताइएको छ ।