”विकास र सभ्य बाजुरा –हाम्रो प्रतिबद्धता “ भन्दै उम्मेदवारले गरे साझा प्रतिबद्धता

   उम्मेदवार भन्छन्- हाम्रो प्रतिवद्धताको  सिको देशका १६५ वटै क्षेत्रका उम्मेदवारले गरुन्  

0
Shares

 बाजुरा। 

कामना प्रकाशन समूह  न्युज अफ नेपालले केही दिन अगाडी प्रकाशन गरेको समाचारको सकारात्मक प्रभाव परेको छ । के बाजुराका उम्मेदवारले सामूहिक  फोटो खिचाएर स्वच्छ प्रतिस्पर्धा गर्ने प्रण गर्लान्  ! भन्ने शीर्षकमा  छापेको समाचार आएपछि जिल्लाका आठ वटै उम्मेदवारले विहार बिहान संयुक्त हस्ताक्षर सहितको ९ बुदें प्रतिबद्धता पत्र जाहेर गरेका हुन्। नेपाल पत्रकार महासंघ बाजुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिबद्धतामा हस्ताक्षेर गर्दे सार्वजनिक गरेका हुन्। बिहीबार सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गरी एक स्वतन्त्र र ७ दलका उम्मेदवारहरुले सामूहिक प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

उनीहरले हस्ताक्षर गरेसंगै भावकारी कार्यन्वयन गरिने अपेक्षा गरिएको छ। बाजुरा विगतको निर्वाचन सुखद नभएको  र बाजुरा जिल्लाको छवी पनि बिग्रेको महसुस गर्दै अव योग्यता पुगेका सबै नागरिकले आफूले चाहेको प्रतिनीधि छान्न निर्भिक रुपमा मतदान गर्नपाउने छन् सम्मेलनमा उपस्थित सबै उम्मेदवारले भने । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा बाजुराका राजनीतिक दल र उम्मेदवारहरूले सार्वजनिक रूपमा संयुक्त प्रतिबद्धता जनाउनु जिल्लाको चुनावी इतिहासमा सकारात्मक संकेतका रूपमा देखिएको छ । यस अघिका निर्वाचनमा प्रायः प्रतिस्पर्धा तीव्र हुने निर्वाचनमा आपसी द्धन्द्ध, आरोप–प्रत्यारोप र सामाजिक तनाव देखिँदै आएको सन्दर्भमा यो प्रतिबद्धता राजनीतिक परिपक्वताको उदाहरण मान्न सकिन्छ ।

संयुक्त प्रतिबद्धता पत्रमार्फत दलहरू र उम्मेदवारहरूले निर्वाचन प्रक्रिया स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउने स्पष्ट अडान व्यक्त गरेका छन्। प्रचार–प्रसारलाई शिष्ट, मर्यादित र अहिंसात्मक बनाउने तथा उम्मेदवारको व्यक्तिगत जीवनमाथि टीकाटिप्पणी नगर्ने भनाइले विगतका चुनावी विकृतिप्रति आत्मसमीक्षा गरेको संकेत दिन्छ ।

यस्तै उम्मेदवारहरुको सामूहिक प्रतिबद्धतामा जिल्लामा सामाजिक शान्ति तथा अमन चयन, समानता, राजनीतिक सद्भाव र सुशासनका लागि उम्मेदवारी रहेको भन्दै यसको कार्यान्वयनमा सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आगामी निर्वाचनमा मतदान प्रक्रिया स्वतन्त्र र शान्तिपूर्ण बनाउन, प्रचार कार्य सौहार्दपूर्ण र मर्यादित बनाउने, एक–अर्को राजनीतिक दल र उम्मेदवारको सम्मान गर्ने, उम्मेदवारको व्यक्तिगत जीवनका विषयमा टिकाटिप्पणी गर्ने गराउने कार्य नगर्ने प्रतिबद्धता जनाएका छन् ।

 त्यस्तै निर्वाचनको प्रचार र मतदान प्रक्रियामा कसैबाट कुनै प्रकारको धाँधली, घुसपैठ जस्ता कार्य तथा व्यवहार भएमा संयुक्त अस्वीकार गर्ने, निर्वाचनमा उत्पन्न हुने विवाद आपसी संवादबाट व्यवस्थापन गर्ने, निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने, उम्मेदवारीको विषय बनाई व्यक्ति, समूह तथा समुदायविच द्धन्द्ध उत्पन्न हुने कार्य नगर्न नगराउन आम जनसमुदाय र मतदातामा अनुरोध सहितको प्रतिबद्धता जनाएका छन् । 

८ जना उम्मेदवारहरुले सामूहिक प्रतिबद्धता पत्रमा हस्ताक्षरसहित यो जिल्लाको मात्रै नभई समग्र राजनीतिक असल अभ्यास भएको भन्दै यसको पूर्ण कार्यान्वयनका लागि प्रतिबद्धता समेत जनाएका छन् । 

यो सामुहिक  संकल्प प्रतिज्ञाले सेल्फ रियलाईजेशन गराएको बताउँदै बाजुरा मानव विकास सूचाकांकमा ७७ स्थानमा रहेता पनि बाजुरा चेतनामा एक नम्बरमा  छ भन्नेमा विस्वस्त पार्न चाहन्छौं नेपालीकांग्रेसको तर्फबाट  प्रतिनीधिसभा सदस्यका उम्मेदवार जनकराज गिरीले भने ।प्रजातन्त्रमा सवतन्त्र रुपमा आफुले रोजेको उम्मेदवारलार्य मतदान गर्न पाउनु उसको नैसर्गिक अधिकार भएकोले त्यसको रक्षा गर्न यो प्रतिबद्धता गरेका हौं, उम्मेदवार गिरीको भनाई थियो । 

 गिरीले भने- आफ्नो उम्मेदवारी लोकतन्त्रको रक्षा, बाजुराको विकास र जेनजीका उचित मागके  सम्वोधन गर्दै गत भदौ  २३।२४ पछिको नयाँ नेपाल निर्माण गर्न पार्टी र सिंगो देशको शासकीय प्रणालीको रिफम गर्न आवस्यक  भएकोले परिवर्तनका लागि आफ्नो उम्मेदवारी रहेको बताए । 

 त्यस्तेै पुराना दलले केही गरेनन् भन्ने  भास्य गलत भएको  खण्डन गर्दै  देशमा पुराना दलले उल्लेखनीय परिवर्तन गरेको छ ।  तथापि  चाहे जति गर्न नसकको नेकपा एमालको उम्मेदवार लावहादुर थापाको भनाई थियो । यो प्रतिवद्धताले “राजनीतिलाई अपराधिकरण र अपराधिलाई राजनीतिकरणको ” अन्त्य गर्न सामुहिक प्रतिबद्धता उत्तम विकल्प हो, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश शाहले भने  ।

 त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार हेमराज थापाले भने- यो सुनोलो विहानीलार्ई साँक्षी राखेर बाजुराका एकलाख पचास हजार नागरिकको  मौलिक हकको ग्यारन्टी हुनेछ भने योग्यता पुगेका मतदाताले स्वतन्त्ररुपमा मतदान गर्न पाउने सुनिश्चितता भएको बताउँदै उनले भने- देशको १६५ वटै क्षेत्रका उम्म्ेदवारले हाम्रो असल अभ्यासबाट पाठ सिक्नु पर्ने धारणा राखे । 

यो प्रतिवद्धतासंगै  बाजुरेली जनताले आपनो अभिमत  आफै उपभोग गर्न पाउनेछन्  राप्रपा नेपालका उम्मेदवार केशरबहादुर शाहीले भने  । नेकपामाओवादीका उम्मेदवार भुपेन्द्र ल्वारले ९ बुंदे प्रतिवद्धतापत्रमा हस्ताक्षेर गर्दै भने  ठूला र साना दल वीचको विभेद अन्त्य भएको छ । 

त्यसैगरी प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार दिपक डिसिले विगतमा बुंथ कब्जा गरी चुनाव जित्ने परिपाटीको अन्त्य भएको बताउँदै  दल भन्दा ठूलो बाजुरा भएको उद्घोष गरे  ।  नौ बुंदे  प्रतिबद्धता पत्रमा ”विकास र सभ्य बाजुरा –हाम्रो प्रतिबद्धता “ भन्दै उम्मेदवारले गरे साझा प्रतिबद्धता भने संयुक्त हस्ताक्षेर गरेका छन् । यसको पालना गर्छनकी गर्देनन् त्यो भने हेर्न बाँकी छ ।