रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले साेध्याे स्पष्टीकरण


काठमाडौँ।

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट दोलखाका प्रतिनिधि सभा उम्मेदवार जगदीश खरेललाई निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

आयोगले दलको झण्डा प्रयोग गरी २५ जनाभन्दा बढीको जुलुससहित मनोनयन गरेको आरोपमा तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । आयोगले भोलि शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ।