नवलपरासी।
नवलपरासी पूर्व र पश्चिम दुवै जिल्लाका काँग्रेस उम्मेदवारहरूकाे टुङ्गो लागेको छ ।
दुवै जिल्लाका सम्वन्धित निर्वाचन कार्यालयले बिहिबार उम्मेदवारहरूकाे मनाेनयनपत्र जाँचबुझ गरी नाम प्रकाशन गरेसँगै काँग्रेस उम्मेदवारको टुङ्गो लागेको हाे ।
प्रतिनिधि सभा निर्वाचनका लागि नवलपरासी पूर्वको क्षेत्र नम्बर १ र पश्चिमको २ नम्बर क्षेत्रमा काँग्रेस पार्टीकाे तर्फबाट २ / २ जनाकाे मनोनयन पत्र दर्ता भएको थियो।
जसमा नवलपरासी पूर्वमा बालकृष्ण घिमिरे र गजेन्द्र बहादुर आले मगरले नेपाली काँग्रेसकाे मनोनयन पत्रसहित उम्मेदवारी दिएका थिए ।
त्यसै गरी नवलपरासी पश्चिमको २ नम्बर क्षेत्रमा भीम बहादुर थापा क्षेत्री र पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कडेलकाे काँग्रेसका तर्फबाट उम्मेदवारी परेकाे थियो ।
दुवै जिल्लाका सम्बन्धित निर्वाचन कार्यालयले पूर्व तर्फ ४ स्वतन्त्रसहित १८ जना र पश्चिममा १२ स्वतन्त्रसहित २९ उम्मेदवारहरूकाे नाम प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ काे दफा २४ अनुसार प्रकाशन गरिएको जनाएको छ ।













प्रतिक्रिया