काठमाडौँ।
अस्ट्रेलियामा उच्च शिक्षा हासिल गर्ने सपना देखिरहेका नेपाली विद्यार्थीहरूका लागि सुनौलो अवसर आउँदैछ । यही माघ ९ गते शुक्रबार काठमाडौंमा ‘अस्ट्रेलियन एजुकेसन फेयर २०२६’ आयोजना हुने भएको छ, जहाँ अस्टेलियाका ३० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूको प्रत्यक्ष सहभागिता रहनेछ ।
ग्लोबल एजुकेसन सर्भिसेस प्रालिको आयोजनामा हुन लागेको यो बृहत् शैक्षिक मेला काठमाडौंको लाजिम्पाटस्थित होटेल रेडिसनमा बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुनेछ ।
शैक्षिक परामर्श क्षेत्रमा विश्वसनीय नाम बनाइसकेको ग्लोबल रिचले विद्यार्थी र अभिभावकलाई अस्टेलियाको शिक्षा प्रणाली, भिसा प्रक्रिया, काम गर्ने अवसर तथा छात्रवृत्तिबारे प्रत्यक्ष र यथार्थपरक जानकारी प्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागेको जनाएको छ ।
मेलामा सहभागी विद्यार्थीहरूले तीन हजारभन्दा बढी शैक्षिक कार्यक्रम वा कोर्ससम्बन्धी जानकारी पाउनुका साथै, आफ्नो शैक्षिक योग्यता र क्षमताअनुसार १० प्रतिशतदेखि १०० प्रतिशतसम्मको छात्रवृत्ति अवसरबारे परामर्श लिन सक्नेछन् । विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी आफ्नो भविष्यको अध्ययन योजना स्पष्ट पार्ने अवसर पनि मेलाको मुख्य आकर्षण रहनेछ ।

आयोजकका अनुसार, मेलामा सहभागी हुन कुनै पनि शुल्क लाग्ने छैन, अर्थात् प्रवेश पूर्ण रूपमा निःशुल्क गरिएको छ ।
विगत १७ वर्षदेखि नेपालमा विद्यार्थीहरूलाई सही मार्गदर्शन, करिअर काउन्सेलिङ र अन्तर्राष्ट्रिय शिक्षा परामर्श प्रदान गर्दै आएको दाबी गर्दै संस्थाले यो मेला नेपाली विद्यार्थीका लागि विदेश अध्ययनको ढोका खोल्ने महत्त्वपूर्ण प्लेटफर्म बन्ने विश्वास व्यक्त गरेको छ ।











प्रतिक्रिया