काठमाडौँ।
२५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव)को पूर्वसन्ध्यामा बिहीबार बिहान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हलचोकमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा हलचोकस्थित प्रधान कार्यालयबाट सुरु भएको प्रभातफेरी कार्यक्रम स्वयम्भुनाथको परिक्रमा गर्दै पुनः सोही स्थानमा पुगेर समापन गरिएको थियो। उक्त अवसरमा महानिरीक्षक अर्यालले कार्यक्रममा सहभागी सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा महानुभावहरूलाई शुभकामना सन्देश प्रदान गरेका थिए।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष अनिता लामिछाने अर्यालसहित संघका पदाधिकारीहरू, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाशप्राप्त सशस्त्र प्रहरी महानिरीक्षक तथा अतिरिक्त महानिरीक्षकहरू, नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष तथा पदाधिकारीहरू, नायब महानिरीक्षकहरू, वरिष्ठ अधिकृत तथा विल्लादार जवानहरू, नेपाल एपीएफ स्कुलका विद्यार्थीहरू, नेपाल प्रहरीका प्रतिनिधि, विभिन्न संघ–संस्था तथा स्थानीय क्लबहरूको समेत उपस्थिति रहेको थियो।

सशस्त्र प्रहरी बल नेपालले भोलि माघ ९ गते आफ्नो स्थापनाको २५औँ स्थापना दिवस (रजत महोत्सव) मनाउँदैछ।











प्रतिक्रिया