काठमाडौं ।
किसान बहुउद्देश्यीय सहकारी संस्थाका शेयर सदस्यहरूले धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । शेयर सदस्यलाई स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने उद्देश्यले किसान सहकारी र निसर्ग हस्पिटलबीच मंगलबार औपचारिक सम्झौता सम्पन्न भएको हो ।
सम्झौतामा निसर्ग हस्पिटलका कार्यकारी अध्यक्ष तीर्थराज पन्त र किसान बहुउद्देश्यीय सहकारी संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले हस्ताक्षर गर्नुभएको छ ।सहकारीमा हाल ९३ हजारभन्दा बढी शेयर सदस्य रहेका छन् । सामाजिक सेवाअन्तर्गत दुवै संस्थाबीच स्वास्थ्य उपचारमा छुट उपलब्ध गराउने सहमति भएको हो ।
शेयर सदस्यहरूले जनरल बेड भर्नामा १५ प्रतिशत, क्याबिन भर्नामा १० प्रतिशत, आईसीयू र एनआईसीयू बेडमा १२.५ प्रतिशत छुट पाउनेछन् । त्यस्तै, जनरल, सर्जरी, अर्थोपेडिक र गाइनोलोजी उपचारमा १० प्रतिशत, ल्याप्रोस्कोपी अपरेशनमा १० प्रतिशत, प्याथोलोजी सेवामा २० प्रतिशत तथा भिडियो एक्सरे, एक्सरे, ईसीजी, ईको, टीएमटी र इन्डोस्कोपी सेवामा १० प्रतिशत छुट उपलब्ध हुनेछ । औषधि खरिदमा पनि ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।











प्रतिक्रिया