माछापुच्छे क्यापिटलद्वारा सहयोग


काठमाडौं ।

माछापुच्छे क्यापिटलले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुईवटा विद्यालयमा शैक्षिक सहयोग तथा वित्तीय साक्षरता सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

लायन्स क्लब अफ काठमाडौँ नमस्तेसँगको सहकार्यमा नुवाकोटको तादी गाउँपालिका–५, अत्मारास्थित श्री हेमवतेश्वर वेद विद्याश्रम (गुरुकुल) मा अध्ययनरत विद्यार्थीहरूका लागि न्यानो लुगा तथा खाद्यान्न सामग्री वितरण गरिएको थियो ।

त्यस्तै काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४, पासीकोटस्थित श्रीराम आधारभूत विद्यालयलाई तीन थान कम्प्युटर सेट प्रदान गरिएको छ । कम्प्युटर सहयोगले विद्यार्थीहरूको सूचना प्रविधिसम्बन्धी ज्ञान, डिजिटल सीप र व्यवहारिक क्षमताको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।