काठमाडौं ।
नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रा.लि.ले अल–इलेक्ट्रिक महिन्द्रा एक्सईभी नाइन–ईलाई ‘इन्डिया कार अफ द इयर (आइकोटी) २०२६’ अन्तर्गत ग्रिन कार अवार्ड २०२६ प्रदान गरिएको हो ।
आइकोटीद्वारा प्रदान गरिने तीन प्रमुख अवार्डमध्ये एक ग्रिन कार अवार्डले वातावरणीय प्रदर्शन, ऊर्जा दक्षता र शून्य उत्सर्जन प्रविधिमा उल्लेखनीय प्रगति देखाउने सवारीसाधनलाई सम्मान गर्दछ ।
यस अवार्डले महिन्द्रा एक्सईभी नाइन–ईको इलेक्ट्रिक मोबिलिटीप्रतिको प्रतिबद्धता र समग्र दिगो दृष्टिकोणलाई विशेष रूपमा मान्यता दिएको छ । यो महिन्द्राको “बोर्न इलेक्ट्रिक” इङ्ग्लो प्लेटफर्मको सफलताको प्रमाण हो, जसलाई सुरुवातदेखि नै वातावरणमैत्री र उच्च प्रदर्शन दिने उद्देश्यले विकास गरिएको हो ।











प्रतिक्रिया