सिबिफिनमा नयाँ नेतृत्व


काठमाडौं ।

बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारण सभादेखि संचालक समितिबाट अलग भइसकेपछि अध्यक्ष पद रिक्त भएको थियो । परिसंघका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यसमितिको १५औँ बैठकबाट बाँकी कार्यकालका लागि श्रेष्ठ चयन हुनुभएको थियो ।

त्यसैगरी नवनियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको १६औँ बैठकले सिबिफिनको महासचिवमा एनएमबि बैंकका अध्यक्ष मनोज कुमार गोयल तथा कोषाध्यक्षमा लक्ष्मी सनराईज बैंकका अध्यक्ष रमण नेपाललाई मनोनीत गरेको छ । तत्कालीन महासचिव प्रचण्ड बहादुर श्रेष्ठ अध्यक्षमा मनोनीत भएसँगै महासचिव पद रिक्त भएको थियो भने एनआईसी एसिया बैंकका तत्कालीन अध्यक्ष तुल्सीराम अग्रवालले यसअघि नै बैंकको अध्यक्षबाट राजीनामा दिनुभएको कारण उहाँले सम्हाल्दै आउनुभएको कोषाध्यक्ष पदसमेत रिक्त रहेको थियो ।