नवनिर्वाचित कांग्रेस पदाधिकारी शुक्रबार पार्टी कार्यालयमा


काठमाडौँ ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति चुनिएका गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति शुक्रबार पार्टी कार्यालय सानेपामा पदबहालीका लागि जाने भएको छ।

थापा पक्षीय नेता मनोजमणि आचार्यका अनुसार शुक्रबार दिउँसो १ बजे सभापति, पदाधिकारी र केन्द्रीय सदस्यहरू सानेपा पुग्नेछन्।

निर्वाचन आयोगले थापा नेतृत्वको समितिलाई आधिकारिकता दिइसकेको र सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि कार्यसमिति औपचारिक रूपमा पदबहालीका लागि अघि बढेको हो।