नेपालको संविधानको धारा ४४ ले स्पष्ट भनेको छ- ‘प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा उपभोग गर्ने हक हुनेछ ।’ तर, बजारको कुरुप चित्रले भन्छ- उपभोक्ताको यो मौलिक हक कागजमा मात्रै सीमित छ ।
काठमाडौं ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको पछिल्लो अनुगमनले नेपाली बजारमा खुलेआम अखाद्य र गुणस्तरहीन खाद्य वस्तु बिक्री भइरहेको डरलाग्दो तथ्य उजागर गरेको छ। काठमाडौं, झापा, बर्दिया लगायतका स्थानमा गरिएको अनुगमनका क्रममा दूषित पानी, न्यूनस्तरको दालमोठ, पेय पदार्थ, बेकरी आइटम, मसला र रेस्टुरेन्टमा प्रयोग हुने विषाक्त तेल भेटिएको हो।
‘शुद्ध’ र ‘ब्रान्डेड’ नाममा बिक्री भइरहेका पानीका जार, दालमोठ, जुस, चिया, बेकरी उत्पादन र होटलका खानामा स्वास्थ्यका लागि घातक ट्रान्स फ्याट, कृत्रिम रङ र म्याद नाघेका सामग्री प्रयोग भएको पुष्टि भएको विभागले जनाएको छ। यस्तो अवस्थाले उपभोक्ताले दैनिक रूपमा ‘स्लो प्वाइजन’ सेवन गरिरहेको विज्ञहरूको भनाई छ।
संविधानले प्रत्याभूत गरेको उपभोक्ताको गुणस्तरीय खाद्य वस्तु उपभोग गर्ने अधिकार व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै अधिकारकर्मीहरूले कडा अनुगमन, प्रभावकारी दण्ड र सरकारी संयन्त्र सशक्त बनाउन माग गरेका छन्। विभागले अनुगमन तीव्र पारे पनि जनशक्ति र स्रोतसाधनको अभावले बजार नियन्त्रण चुनौतीपूर्ण बनेको जनाएको छ।











प्रतिक्रिया