काठमाडौँ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्तासँगै नेपाली कांग्रेसमा फरक दृश्य देखिएको छ। लामो समयदेखि निर्वाचन जित्दै आएका शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, डा. शशांक कोइराला, बलबहादुर केसी, बालकृष्ण खाण, रमेश लेखक र हृदयराम थानीजस्ता पुराना नेताहरू यसपटक मैदानमा छैनन्।
पार्टी सभापति गगन थापाको नेतृत्वमा कांग्रेसले उनीहरूको स्थानमा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ। डडेलधुरामा देउवाको स्थानमा नैनसिंह महर, सुर्खेतमा विष्णुबहादुर खड्का र नारायण कोइराला, काठमाडौँ–१ मा प्रबल थापा, नवलपुरमा नयाँ उम्मेदवारहरू, सोलुखुम्बुमा प्रकाशसिंह कार्की, रुपन्देहीमा सुशील गुरुङ र कञ्चनपुरमा हरि बोहोरा उम्मेदवार बनेका छन्।
२०४६ सालपछि कांग्रेसको चुनावी विरासत बोकेका पुराना नेताको स्थानमा आएका नयाँ उम्मेदवारले त्यो विरासत जोगाउन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न उठेको छ। यसको उत्तर भने निर्वाचनको नतिजाले नै दिनेछ।











प्रतिक्रिया