काठमाडौं ।
नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि हुने भनिएको निर्वाचन प्रक्रिया फेरि अन्योलमा परेको छ । निर्वाचन समितिले उम्मेदवारहरूको नयाँ नामावली सार्वजनिक गरे पनि प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता र अदालती प्रक्रियाका कारण मतदानको मिति टुंगो लाग्न सकेको छैन ।
गत हप्ता चिकित्सक र उम्मेदवारहरूबीच भएको सर्वपक्षीय छलफलमा उपत्यका बाहिर माघ १५ र १६ गते तथा काठमाडौं उपत्यकामा माघ २९ गतेदेखि तीन दिनसम्म मतदान गर्ने सहमति नजिक पुगेको थियो । तर, सोही दिनदेखि लागू भएको प्रतिनिधिसभा निर्वाचनको आचारसंहिताले निर्वाचन समितिलाई पुनः अलमलमा पारेको छ ।
मुख्य निर्वाचन समिति संयोजक डा. प्रणयरत्न शाक्यका अनुसार अहिलेको मुख्य गाँठो निर्वाचन आचारसंहिता बनेको छ । उहाँले आयोगले दिने रायका आधारमा मात्रै नयाँ मिति तय हुने स्पष्ट पार्नुभयो । निर्वाचनको बाटो खुल्न निर्वाचन आयोगमात्र नभई उच्च अदालत पाटनको फैसला पनि निर्णायक हुने देखिएको छ ।
निर्वाचनको मिति पटक–पटक सर्दा र अन्योल बढ्दा चुनावी मैदानमा रहेका उम्मेदवारहरू भने मारमा परेका छन् । त्यसै गरी ‘टिम मंगल’ का नेतृत्वकर्ता डा. मंगल रावलले पनि निर्वाचनको गाँठो फुकाउन आफूहरू नै निर्वाचन आयोगसँग छलफल गर्ने योजनामा रहेको जानकारी दिनुभयो ।











प्रतिक्रिया