काठमाडौं ।
कक्षा १० को परीक्षा (एसईई) चैत १९ देखि २९ सम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार माध्यामिक शिक्षा परीक्षा एसईईको समयतालिका सार्वजनिक गर्दै परीक्षा १९ चैत्र देखि सञ्चालन गरिने जानकारी गराएको हो ।
शैक्षिक क्यालेन्डरअनुसार परीक्षा चैत्रको पहिलो साता हुनुपर्ने भए पनि चुनावका कारण केही पर धकेलिएको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीले यो वर्षको एसईई केही ढिलो गरी चैत्र १९ गतेदेखि गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
जसअनुसार चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ ।
त्यस्तै, चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषयको परीक्षा सञ्चालन हुने छ ।
बोर्डका अनुसार चैत २७, २८ र २९ गते भने प्राविधिक धारका बाँकी विषयका परीक्षा सञ्चालन हुने छ । गत वर्ष चैतको ७ गतेदेखि सञ्चालन भएको परीक्षा यस वर्ष भने १२ दिनपछि सारिएको छ ।











प्रतिक्रिया