नेकपाका आधिकारिक उम्मेदवारविरुद्ध चार स्थानमा बागी उम्मेदवारी


काठमाडौँ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का आधिकारिक उम्मेदवारविरुद्ध देशका चार निर्वाचन क्षेत्रमा बागी उम्मेदवारी दर्ता भएका छन् । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपाले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ ।

पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागमती प्रदेशको सिन्धुली–२, कोशी प्रदेशको उदयपुर–२, लुम्बिनी प्रदेशको दाङ–२ र कर्णाली प्रदेशको कालिकोट–१ मा बागी उम्मेदवारी परेको हो ।

सिन्धुली–२ मा लेखनाथ दाहालविरुद्ध केन्द्रीय सदस्य महेश्वर दाहालले बागी उम्मेदवारी दिएका छन् । दाङ–२ मा मेटमणि चौधरीविरुद्ध पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी बागी बनेका छन् । यस्तै कालिकोट–१ मा जीवन बुढा र उदयपुर–२ मा मेजर राईले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टी नेतृत्वले बागी उम्मेदवारी फिर्ता गराउन छलफल भइरहेको जनाउँदै समयमै फिर्ता नलिए कारबाही हुने चेतावनी दिएको छ । अन्य प्रदेशमा भने बागी उम्मेदवारी नपरेको नेकपाले जनाएको छ ।