काठमाडौं ।
बुधबार नेपाली बजारमा सुनको भाउ एकैदिन तोलामा १० हजार ४ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हालसम्मकै उच्च मूल्य हो ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ८ सय ५० अमेरिकी डलर नाघेसँगै यसको असर नेपाली बजारमा परेको हो । यसैगरी चाँदीको भाउ पनि बढेर प्रतितोला ५ हजार ९ सय २० रुपैयाँ पुगेको छ ।











प्रतिक्रिया