सर्लाहीका चार क्षेत्रमा १३३ उम्मेदवार, शिर्ष नेताबीच कडा प्रतिस्पर्धा


सर्लाही ।

फागुन २१ गत हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीको चारवटै निर्वाचन क्षेत्रबाट १३३ जनाले उम्मेदवारी दर्ता भएका छन। सर्लाही क्षेत्र नं १ बाट २९, क्षेत्र नं २ बाट ३१, क्षेत्र नं ३ बाट ३४ र क्षेत्र नं ४ बाट ३९ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

यसपटक सर्लाहीबाट शिर्ष नेताहरूको उम्मेदवारी परेको छ। सर्लाही क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा , क्षेत्र नम्बर ३ बाट नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेता नारायणकाजी श्रेष्ठ र क्षेत्र नम्बर २ बाट राष्ट्रिय मुक्ति पार्टी नेपाल अध्यक्ष राजेन्द्र महतोले उम्मेदवारी दर्ता गराएका हुन ।

क्षेत्र नम्बर ४ मा काँग्रेस सभापति थापासँग राष्ट्रिय स्वतन्त्र पार्टीका अम्रेशकुमार सिह, एमालेबाट अभिनिस यादव , नेपाली कम्युनिष्ट पार्टीबाट डा। रजनिस यादव, जसपा नेपालका रामेश्वर राय यादव लगायतका नेताले उम्मेदवारी दिएका छन। राष्ट्रिय राजनीतिकका शिर्ष नेताहरु चुनावी प्रतिस्पर्धामा रहेकाले चुनावी नतिजालाई निकै चासोका साथ हेरिएको छ।