पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो


काठमाडौँ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले तराईका केही स्थानहरूमा तुवाँलो लागेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। त्यस्तै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

आज राति पनि तराईका केही स्थानहरूमा हुस्सु लाग्ने र उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली कायम रहने अनुमान गरिएको छ।