एजेन्सी।
आगामी फिफा विश्वकप २०२६ पछि केही मेनेजरहरू बेरोजगार हुनेछन् । शायद उनीहरूको अन्तर्राष्ट्रिय करियर समाप्त हुने संभावना रहेको छ । उनीहरू बर्खास्त नभएर नै आफ्नो कार्यकाल समाप्त हुने छन् ।
थोमस टुचेलले गत जनवरीमा इङ्गल्याण्डको मेनेजरको जिम्मा लिएका हुन् । उनले केवल १८ महिनाका लागि इंग्लिस टोलीसँग सम्झौता गरेका हुन् । उनी आगामी जुलाईमा बेरोजगार हुने छन् । तर, इंग्ल्यान्डका प्रमुखले उनलाई सम्झौता अवधि बढाउन खुला रहेको बताएका छन् ।
टोटेनह्याम स्पर्सका पूर्व मेनेजर मौरिसियो पोचेटिनो हाल विश्वकपको सह–आयोजक अमेरिकी टोलीको जिम्मेवारीमा छन् । तर प्रतियोगिता समाप्त भएपछि उनको नेतृत्वको समय समाप्त हुने छ । २०१९ मा स्पर्सलाई च्याम्पियन्स लिगको फाइनलमा पु¥याउने र २०२१ मा पेरिस सेन्ट–जर्मेनसँग लिग १ जित्ने पोचेटिनोले अन्तर्राष्ट्रिय फुटबलमा लाग्नअघि चेल्सीको मेनेजिङ गरेका थिए ।
यसैबीच, डिडियर डेसक्याम्प्सले विश्वकपमा चौथो पटक फ्रान्सको नेतृत्व गरिरहेका छन् । उनले २०१८ मा जित हासिल गरे र २०२२ मा आफ्नो देशलाई फाइनलमा पु¥याए, तर उनको हालको सम्झौता प्रतियोगिताको अन्त्यसम्म मात्र कायम रहनेछ ।











प्रतिक्रिया