कैलालीमा शान्तिपूर्णरुपमा मनोनयन दर्ता, १२ स्वतन्त्रसहित ७९ जनाको उम्मेदवारी

0
Shares

एमालेका हेभीवेट नेता उपमहासचिव लेखराज भट्टले कैलाली ४ बाट उम्मेदवारी दर्ता, पूर्व सांसद तथा काँग्रेस नेता मोहनसिंह राठौरको कैलाली क्षेत्र नम्बर २ बाट स्वतन्त्र  उम्मेदवारी दर्ता  

धनगढी

आगामी फागुन २१ कालागि  हुने प्रतिनिधिसभा सदस्य निर्वाचनकालागि उम्मेदवारी शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । कैलालीका पाँच निर्वाचन क्षेत्रमा शान्तिपूणरुपमा मनोनयन दर्ता भएको कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।

विहान दश बजेदेखि शुरु भएको मनोनयन दर्ताको काम साँझ पाँच बजेसम्म चलेको थियो । विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारका लागि समय तालिका बनाएर उम्मेदवारी दर्ताको ब्यवस्था मिलाएको मुख्य निर्वाचन कार्यालय धनगढीले जनाएको छ । कैलालीका पाँच क्षेत्रमा मंगलवार साँझ सम्म नौ स्वतन्त्र सहित ४२ जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टले जानकारी दिनुभयो ।

नेकपा एमालेका तर्फबाट हेभीवेट उम्मेदवारकारुपमा हेरिएका एमाले उपमहासचिव लेखराज भट्टले कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवार दर्ता गराउनुभएको छ । नेपाली काँग्रेसबाट प्रदेश अध्यक्ष समेत रहनुभएका पूर्व मन्त्री वीरबहादुर बलायरले उम्मेदवारी नदिएपछि नेपाली काँग्रेसका तर्फबाट गोरख बहादुर विष्टले मनोनयन दर्ता गर्नुभएको छ । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट हरिरामा चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि रेग्मी,नेकपा माओवादीका भक्तबहादुर शाही,कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीका तर्फबाट कुभाष कुँवर र हर्क साम्पांग नेतृत्वको पार्टीबाट भीम बहादुर थापा मगरले उम्मेदवारी दर्ता गराउनुभएको छ ।कैलाली क्षेत्रनम्वर ४ मा विभिन्न पार्टी र स्वतन्त्र गरी १७ जना उम्मेदवारले दर्ता गराएकाछन । रास्वपामा हरि रेग्मी र खेमराज कोइरालाको उम्मेदवारी परेको छ ।

यस्तै सुदूरपश्चिमको राजधानी समेत रहेको कैलाली ५ मा एमालेका तर्फबाट यज्ञ  ढुंगाना,नेपाली काँग्रेसकातर्फबाट नरनारायण शााह मनु , नेपाली कम्युनिस्ट पार्टीका प्रेम आले,रास्वपाका आनन्द बहादुर चन्द, नागरिक उन्मुक्ति पार्टी नेपालका जगन्नाथ चौधरी,उज्यालो पार्टी नेपालका चन्द्र साउँद,जनमत पार्टीका धनबहादुर चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाही लगायत अन्य पार्टी र स्वतन्त्र गरेर १६ जनाले उम्मेदवारी गराएकाछन् । यस्तै कैलालीको चर्चित निर्वाचन क्षेत्र नम्बर १ मा १९जनाले उम्मेदवारी दर्ता गराएकाछन ।

 कैलालीका पाँच निर्वाचन क्षेत्र मध्ये सवै भन्दा बढी उम्मेदवार दर्ता गराउने क्षेत्र यो पहिलो बन्नपुगेको छ । २०७२ को टीकापुर घटनापछि निकै चर्चामा रहेको टीकापुर क्षेत्र अहिले पनि चर्चामा नै रहेको छ । टीकापुर घटना गर्नेमा नाम जोडिएका रेशम चौधरी २०७४ को आम निर्वाचनमा भूमिगत निर्वाचन प्रचार गरेर चुनाव जितेका थिए । टीकापुरको घटनामा संलग्न भएको भन्दै रेशम चौधरीलाई अदालतले जेल चलान गरेको थियो । सरकारले आममाफि दिएपछि खुला राजनीतिमा आउनुभएका रेशम चौधरी हाल नागरि उन्मुक्ति पार्टी नेपालका संरक्षक हुनुहुनछ ।उहाँले कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

 यस्तै नेकपा एमालेका द्वारिका न्यौपाने,नेपाली काँग्रेसका जनक चौधरी, नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौराले उम्मेदवारी दर्ता गराउनुभएको छ । डगौरा टीकापुर नगरपालिकाको नगर प्रमुखबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको हो । यस्तै राप्रपाका लोकेन्द्र कुँवर, अम जनता पार्टीका रुपा कुमारी चौधरी, प्रलोपाका जनक शााह, रास्वपाकी कोमल ज्ञवाली,श्रम संस्कृति पार्टीका बिमल डगौरा,नेकपा माओवादीका रामबहादुर विश्वकर्मा,उज्यालो नेपाल पार्टीका प्रदीप चौधरी लगायतका विभिन्न पार्टी र स्वतन्त्र गरी १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

 कैलाली २ मा नेकपा एमालेका तर्फबाट सूर्यबहादुर थाप, नेपाली काँग्रेसका विजय स्वाँर,नेकपाका नन्दबहादुर साउँद राजेन्द्र,नेकपा माओवादीका दिलबहादुर साउँद,रास्वपाका केपी खनाल, राप्रपाका भरत विसी, नागरिक उन्मुक्ति पार्टी नेपालका पतिराम चौधरी, प्रलोपाका डम्मर बहादुर रावल,जनमत पार्टीका भगतराम डगौरा लगायत १६ पार्टीका नेता तथा स्वतन्त्रले उम्मेदवारी दर्ता गराएकाछन् । उता कैलाली क्षेत्र नम्बर ३मा एमालेका गौरीशंकर  चौधरी,नेपाली काँग्रेसका भीम बडुवाल,नेकपाका विरमान चौधरी,राप्रपाका विरेन्द्र बम, नागररिक उन्मुक्ति पार्टी नेपालका विक्रम चौधरी,नेकपा माओवादीका भक्तबहादुर शाही,प्रलोपाका लक्ष्मीराज चौधरी लगायत  ११ जनाले उम्मेदवार दर्ता गराएकाछन ।

 कैलाली जिल्लको क्षेत्र नम्बर १ मा भने सवै भन्दा बढी स्वतन्त्र उम्मेदवारी परेको छ ।स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेमा सत्यनारायण भट्टराई, राजेन्द्रबहादुर शााही, फागुराम थारु,नरेश रावल र अरुण ठकुल्ला रहेकाछन भने कैलाली २ मा  पूर्व सांसद तथा नेपाली काँग्रेसका नेता मोहनसिंह राठौर,दीपक रावल र राजेश मयाल विकको स्वतन्त्रमा उम्मेदवारी परेको छ भने कैलाली ५मा प्यारेलाल राना,जनकराज पाठक र इश्वरी विष्टको स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ । भने कैलाली ४ बाट छत्रबहादुर भट्ट खत्रीको स्वतन्त्र उम्मेदवारी परेको छ । यस्तै कैलालीको क्षेत्र नम्बर ३ मा भने कुनै स्वतन्त्र उम्मेदवार परेको छैन ।