काठमाडौं।
प्रतिनिधिसभा निर्वाचनमा उद्योगी–व्यवसायीहरूको आकर्षण उल्लेखनीय देखिएको छ । यसपटक विभिन्न राजनीतिक दलहरूले आर्थिक क्षेत्रमा स्थापित व्यक्तिलाई प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनाएका छन् ।
मंगलबार मनोनयन दर्तासँगै उद्योग, व्यापार, बैंकिङ, पर्यटन, ऊर्जा, वैदेशिक रोजगार र सेवा क्षेत्रमा सक्रिय व्यवसायीहरू प्रत्यक्ष राजनीतिक प्रतिस्पर्धामा उत्रिएका हुन् । विगतमा व्यवसायीहरू प्रायः समानुपातिक सूचीमार्फत संसद् प्रवेश गर्ने गरे पनि पछिल्लो समय त्यसप्रति आलोचना बढेसँगै उनीहरू प्रत्यक्ष निर्वाचनमार्फत जनमत परीक्षणमा जान थालेका छन्।
नेपाली कांग्रेसबाट डलर अर्बपति विनोद चौधरी दोस्रोपटक प्रत्यक्ष निर्वाचनमा होमिएका छन् । उनले पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसकै तर्फबाट स्याङ्जा–१ मा मुक्तिनाथ विकास बैंकका पूर्व सीईओे तथा पूर्व अध्यक्ष भरत राज ढकाल उम्मेदवार बनेका छन् । कांग्रेसले दाङ–३ बाट व्यावसायिक पृष्ठभूमिका नेता दीपक गिरीलाई टिकट दिएको छ भने धादिङमा पनि कृष्ण रिजाल र रमेश धमला उम्मेदवार बनेका छन् ।
गोरखा–१ मा पर्यटन व्यवसायी प्रेम खत्री कांग्रेसका उम्मेदवार छन् । रुपन्देही–२ मा उद्योगी चुन्नप्रसाद शर्मालाई टिकट दिइएको छ । सोलुखुम्बुबाट पर्यटन व्यवसायी प्रकाशसिंह कार्की कांग्रेसका उम्मेदवार बनेका छन् । मोरङ–३ बाट मेडिकल व्यवसायी डा. सुनील शर्मा उम्मेदवार छन्, पर्सा–१ बाट उद्योगी अनिल रुंगटा, मुस्ताङबाट पर्यटन व्यवसायी योगेश गौचन थकाली र मनाङबाट मेनपावर वयवसायी टेकबहादुर गुरुङ पनि कांग्रेसका व्यवसायी उम्मेदवार छन् । साथै मोहन आचार्य रसुवा, भुवन श्रेष्ठ गुल्मी–२, कर्णबहादुर बुढा डोल्पा, तिलक रानाभाट कास्की– १, केशव पाण्डे झापा–१, राजेन्द्र घिमिरे झापा–३, विजयबहादुर स्वाँर कैलाली क्षेत्र–२बाट उम्मेदवार बनेका छन् ।
त्यस्तै नेकपा एमालेबाट कपिलवस्तु–३ बाट उद्योगपति वीरेन्द्रप्रसाद कनौडिया, बारा–४ बाट उद्योगी कृष्णकुमार ‘किसान’ श्रेष्ठ, झापा–४ बाट मेनपावर व्यवसायी एलपी साँवा उम्मेदवार बनेका छन् । त्यस्तै नवलपुर–१ बाट पर्यटन व्यवसायी भगिरथ सापकोटा, स्याङ्जा–१ बाट मुक्तिनाथ विकास बैंककै पूर्वअध्यक्ष मीनप्रसाद गुरुङ र काभ्रे–१ बाट अमित लामा एमालेका उम्मेदवार हुन् ।
मनाङबाट व्यवसायी पोल्देन छोपाङ गुरुङ, गोरखा–२ बाट आफूलाई व्यवसायी बताउने मिलन गुरुङ ‘चक्रे मिलन’, बागलुङ–२ बाट ऊर्जा व्यवसायी हिराबहादुर केसी तथा सुनसरी–३ बाट लघुवित्त क्षेत्रकी लगानीकर्ता भगवती चौधरी पनि एमालेका तर्फबाट चुनावी प्रतिस्पर्धामा छन् । झापा–१ मा रामचन्द्र उप्रेती, मोरङ–२ मा दिलिप अग्रवाल, मोरङ–५ मा मनोज अग्रवाल, धनुषा– २ मा उमाशंकर अगारिया, दोलखाबाट पार्वत गुरुङ, स्याङ्जा–२ बाट खिमबहादुर थापा छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं–९ बाट व्यवसायी डीपी अर्याल उम्मेदवार बनाएको छ । अरविन्द साहले बारा–३ बाट उम्मेदवारी दिएका छन् । साथै काठमाडौं– २ मा सुनिल केसी, चितवन– १ मा हरि ढकाल, रुपन्देही–३ मा लेखजंग थापा, दाङ–२ मा बिपिन आचार्य, भक्तपुर–१ म रुकेश रञ्जित, सिन्धुपालचोक–१बाट भरत प्रसाद पराजुलीलाई उम्मेदवार बनाइएको छ । उज्यालो नेपाल पार्टीले कास्र्की–२ बाट कुशल गुरुङ तथा जनमत पार्टीले सिरहा–४ बाट माछापुच्छ्रे बैंकका पूर्वअध्यक्ष वीरेन्द्रप्रसाद महतोलाई उम्मेदवार बनाएको छ ।
नेपाली कम्प्युनिष्ट पार्टीले होटल क्षेत्रको व्यावसायिक पृष्ठभूमिका सुमन सायमीलाई काठमाडौं–८, धादिङ–१ बाट पनि व्यवसायिक पृष्ठभूमिका राजेन्द्रप्रसाद पाण्डे र डोल्पाबाट धनबहादुर बुढालाई चुनावी मैदानमा उतारेको छ ।
नेपाली कांग्रेस
विनोद चौधरी (पश्चिम नवलपरासी क्षेत्र नम्बर १)
भरतराज ढकाल (स्याङ्जा क्षेत्र नम्बर १)
दीपक गिरी (दाङ क्षेत्र नम्बर ३)
कृष्ण रिजाल (धादिङ)
रमेश धमला (धादिङ)
प्रेम खत्री (गोरखा क्षेत्र नम्बर १)
चुन्नप्रसाद शर्मा (पौडेल) (रुपन्देही क्षेत्र नम्बर २)
प्रकाशसिंह कार्की (सोलुखुम्बु)
डा. सुनील शर्मा (मोरङ क्षेत्र नम्बर ३)
अनिल रुङ्गटा (पर्सा क्षेत्र नम्बर १)
टेकबहादुर गुरुङ (मनाङ)
योगेश गौचन थकाली (मुस्ताङ)
मोहन आचार्य (रसुवा)
भुवन श्रेष्ठ (गुल्मी क्षेत्र नम्बर २)
कर्णबहादुर बुढा (डोल्पा)
तिलक रानाभाट (कास्की क्षेत्र नम्बर १)
केशव पाण्डे (झापा क्षेत्र नम्बर १)
राजेन्द्र घिमिरे (झापा क्षेत्र नम्बर ३)
विजयबहादुर स्वाँर (कैलाली क्षेत्र नम्बर २)
नेकपा (एमाले)
वीरेन्द्रप्रसाद कनौडिया (कपिलवस्तु क्षेत्र नम्बर ३)
कृष्णकुमार (किसान) श्रेष्ठ (बारा क्षेत्र नम्बर ४)
लालप्रसाद लिम्बु (एलपी साँवा) (झापा क्षेत्र नम्बर ४)
भगीरथ सापकोटा (नवलपुर क्षेत्र नम्बर १)
मीनप्रसाद गुरुङ (स्याङ्जा क्षेत्र नम्बर १)
अमित लामा (काभ्रे क्षेत्र नम्बर १)
पोल्देन छोपाङ गुरुङ (मनाङ)
मिलन गुरुङ (चक्रे मिलन) (गोरखा क्षेत्र नम्बर २)
हिराबहादुर केसी (बागलुङ क्षेत्र नम्बर २)
भगवती चौधरी (सुनसरी क्षेत्र नम्बर ३)
रामचन्द्र उप्रेती (झापा क्षेत्र नम्बर १)
दिलिप अग्रवाल (मोरङ क्षेत्र नम्बर २)
मनोज अग्रवाल (मोरङ क्षेत्र नम्बर ५)
उमाशंकर अर्घरिया (धनुषा क्षेत्र नम्बर २)
पार्वत गुरुङ (दोलखा)
खिमबहादुर थापा (स्याङ्जा क्षेत्र नम्बर २)
राष्ट्रिय स्वतन्त्र पार्टी
डीपी अर्याल (काठमाडौं क्षेत्र नम्बर ९)
अरविन्द साह (बारा क्षेत्र नम्बर ३)
सुनिल केसी (काठमाडौं क्षेत्र नम्बर २)
हरि ढकाल (चितवन क्षेत्र नम्बर १)
लेखजंग थापा (रुपन्देही क्षेत्र नम्बर ३)
बिपिन आचार्य (दाङ क्षेत्र नम्बर २)
रुकेश रञ्जित (भक्तपुर क्षेत्र नम्बर १)
भरत प्रसाद पराजुली ( सिन्धुपालचोक क्षेत्र नम्बर १)
जनमत पार्टी
वीरेन्द्र महतो (सिरहा क्षेत्र नम्बर ४)
उज्यालो नेपाल
कुशल गुरुङ (कास्की क्षेत्र नम्बर २)
नेपाली कम्युनिष्ट पार्टी
राजेन्द्रप्रसाद पाण्डे (धादिङ क्षेत्र नम्बर १)
सुमन सायमी (काठमाडौं क्षेत्र नम्बर ८)
धनबहादुर बुढा (डोल्पा)











प्रतिक्रिया