सिन्धु विकास बैंकको कामु सीईओमा केसी नियुक्त


काठमाण्डौँ
सिन्धु विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ) पदमा गणेश कुमार केसी नियुक्त भएका छन् ।

माघ ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले केसीलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो । उहाँको कार्यकाल माघ १ गतेबाट लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि जारी रहने बैंकले जनाएको छ ।