कार्यवाहक प्रमुख डंगोलको पहिलो दिन:  सबै विभागीय र इकाई प्रमुखलाई होमवर्क, त्यसपछि जिम्माबारी हेरफेर गर्ने तयारी

3.76k
Shares

काठमाडौं । 

 काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको पहिलो दिन विभागीय प्रमुखसँग छलफल गरेकी छिन । सकभर आफू कुनै निर्णय नगर्ने र अरुको सल्लाहमा चल्ले स्वभाव रहेको उपमेयर डंगोलले आज बिहान कार्यवाहक मेयरको कार्यकक्षमा प्रवेश गरेपछि विभागीय प्रमुखसँग छलफल सुरु गरेकी छिन् ।

 आफू अनुगमन प्रमुखको जिम्मेवारी लिदा खासै काम देखाउन नसकेकी कार्यवाहक मेयर डंगोलले कार्यालय प्रवेश गर्नासाथ तामझाम सुरु गरेकी छिन् । स्वकीय सचिवको जिम्मेवारी पाएका जुनियर कर्मचारी शौरभ गौतमको इसारामा चल्ने कार्यवाहक मेयर डंगोलले आज सबै विभागीय प्रमुखको ब्रिफिङ गरिरहदा केही विभागी प्रमुख अचम्मित भएका थिए । कार्यालय प्रवेश गरेको शुरुकै दिन हालसम्मको प्रगतिबारे जानकारी लिन सबै विभागीय प्रमुखलाई निर्देशन दिएकी थिइन् ।

उनी त कार्यवाहक भएको पहिलो दिन नै मेयरमा जितेर आएजस्तो तत्काल प्रगति खोज्न थालेको देखियो । साढे ३ वर्ष उपमेयरको जिम्मेवारी पाउदा खासै चासो देखाउन नखोजेका उनले आउनासाथ तडहभडक देखाउन सुरु भएको पाइएको छ ।

 हामीले हालसम्मको अवस्थाबारे जानकारी गराउन खोजेका मात्र थियौ, तपाईँहरूले हालसम्मको प्रगति विवरण बारे दिन तोकेको छु ।  सोही अनुसार गर्नुस् भन्ने आदेश दिनुभयो श्रोतले भन्यो । स्रोतका अनुसार कार्यवाहक मेयर डंगोलले भोलीबाट १९ वटा विभाग र सहरी योजना आयोगको प्रगति, समीक्षा र छलफल कार्यक्रम राखेकी छन् । विभागीय प्रमुखका अनुसार कार्यवाहक मेयर डंगोलले उनीहरुलाई होमवर्क दिएकी छन् । 
 
 भोली पहिलोदिन माघ ७ बिहान  साढे १ देखि १ बजेसम्म  सहरी योजना आयोग र वातावरण व्यवस्थापन विभागसँग हालसम्मको प्रगति सम्बन्धमा प्रस्तुती  गर्न समयसिमा तोकिएको छ । ८ गते सम्पदा ,पर्यटन र सामाजिक विकास विभाग, ९ गते प्रशासन, वित्त विभाग र आन्तरिक लेखा परीक्षण (आलेप), ११ गते एकल सेवा केन्द्र र शिक्षा विभाग, १२  गते राजश्व विभाग र महानगर प्रहरी बलसंग छलफल , प्रगति र समीक्षा कार्यक्रम राखिएको छ ।

  १३ गते सार्वजनिक निर्माण र सहरी व्यवस्थापन , १४ गते स्वास्थ्य र  सहकारी , १५ गते कानुन र विपद् व्यवस्थापन, १८ मा अनुगमन तथा मुल्याङकन, खरिद र पार्क तथा हरियाली इकाई, १९मा अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र सूचना प्रविधि विभाग र २० गते कृषि तथा पशुपक्षी र मनोहार जग्गा एकीकरण आयोजनासंग छलफल गर्ने कार्यक्रम रहेको छ । उक्त  छलफल सकिएपछि प्रगति विवरण र प्रस्तुतीकरणको आधारमा  विभागीय  र इकाई प्रमुखको हेरफेर हुनेछ । स्रोतका अनुसार कार्यवाहक मेयर डंगोलले केही दिनपछि विभागीय प्रमुखको हेरफेर गर्ने तयारी गरेकी छन् ।