दमकमा रास्वपा–एमाले कार्यकर्ताबीच झडप


काठमाडौँ।

झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि अवस्था तनावग्रस्त बनेको बताइएको छ। रास्वपाका कार्यकर्ताहरूले ओलीको विरोधमा नाराबाजी गरेपछि दुवै पक्षबीच धकेलाधकेल र झडप भएको हो।

घटनापछि त्यहाँको सुरक्षा अवस्था अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन।

झापा ५ बाट उम्मेदवारी दिन रास्वपा नेता बालेन साहसहितकाे टाेली निर्वाचन अधिकृतको कार्यालयमा पुगेकाे थियाे । साेही क्रममा कार्यकर्ताहरुले ‌ओलीविरुद्ध नाराबाजी गरेका थिए ।