एमभी दुगड ग्रुपद्वारा देशव्यापी रक्तदान


काठमाडौँ ।

एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड ८०औँ वर्षमा प्रवेश गर्नुभएको अवसरमा ग्रुपद्वारा देशव्यापी रक्तदान कार्यक्रम गरेको छ । माघ ४ गते आयोजना गरिएको कार्यक्रममा एमभी दुगड ग्रुपका अटोमोबाइल डिभिजन तथा जलविद्युत डिभिजनमा कार्यरत कर्मचारीको य सहभागिता रहेको थियो ।

सातै प्रदेशका २० स्थानबाट एकैसाथ सम्पन्न गरिएको उक्त कार्यक्रममा जलविद्युततर्फ १ स्थान, अटोमोबाइल डिभिजनका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका १६ शाखा तथा ३ वटा आधिकारिक डिलर केन्द्रहरू समावेश थिए । कार्यक्रममा ५७८ जना रक्तदाताबाट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरिएको ग्रुपले जनाएको छ ।

एमभी दुगड ग्रुपले पाँच वर्षअघि अध्यक्षको ७५औँ जन्मवर्षदेखि नै वृहत् वृक्षारोपण अभियान सञ्चालन गर्दै आएको छ ।