काठमाडौँ ।
पाल्पा क्षेत्र नम्बर २ बाट नेकपा एमालेले ठाकुर गैरेलाई प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकट दिएको छ। एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीका अनुसार आज बिहान प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल गैरेको टिकट लिएर पाल्पा आउँदै छन्।
घर्तीले भने, “बिहानसम्म राम बहादुर राउतको टिकट फाइनल थियो। केहीबेरमा अध्यक्षले गैरेको टिकट लिएर आउनु भएको छ।” गैरेले पनि आफूले टिकट पाएको कुरा पुष्टि गरेका छन्।
गत शनिबार पाल्पा–२ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल उम्मेदवार बन्ने निर्णय भएको थियो। तर रूपन्देही–२ बाटै पौडेलको उम्मेदवारी तय भएपछि पाल्पा–२ मा राम बहादुर राउतले टिकट पाएका थिए। अघिल्लोपटक चुनाव जितेका गैरेलाई टिकट नदिँदा ओली निकट राउतलाई टिकट दिनु एमाले नेतृत्वको आलोचना भएको थियो।











प्रतिक्रिया