पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो


काठमाडौँ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण तराई भूभागका केही स्थानमा तुवाँलो, हुस्सु तथा कुहिरो देखिएको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो र राति तराईका केही स्थानमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र अन्य स्थानमा मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ।