धादिङ ।
नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । नेकपा एमाले धादिङ २ नम्बरकाे उम्मेदवार छनौटमा विभेद गरेको भन्दै एमाले कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेको हाे ।
नेकपा एमाले केन्द्रीय सचिवालयले धादिङ क्षेत्र नम्बर २ का लागि संविधानसभा सदस्य समेत रहेका एमाले नेता धनबहादुर घलेलाई उम्मेदवार सिफारिस गरेको थियो ।
तर साे निर्णय उल्टाउदै साेमबार घलेकाे नाम हटाएर चन्द्र रिजाललाई टिकट दिएपछि पहिलाको निर्णय कार्यान्वयन गर्न माग गर्दै तालाबन्दी गरेको झार्लाङका एमाले कार्यकर्ता इमान तामाङले जानकारी दिए ।
गंगाजमुना, खनियाबास, रुबीभ्याली, त्रिपुरासुन्दरी, लगायतका एमाले कार्यकर्ताले तालाबन्दी गरि कार्यालयमा धर्ना समेत दिएका छन् ।











प्रतिक्रिया