काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट पुनः उम्मेदवारी दिने गरी टिकट पाएकी छन्। २०७९ सालको आमनिर्वाचनमा विजयी भएकै क्षेत्रमा यसपटक पनि कार्कीलाई पार्टीले उम्मेदवार बनाएको हो।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार प्रत्यक्षतर्फ मनोनयन दर्ता हुँदैछ। त्यसको एक दिनअघि सोमबार कार्कीले औपचारिक रूपमा टिकट हात पाएकी हुन्।
रास्वपाले अघिल्लो निर्वाचनमा विजयी उम्मेदवारलाई सोही क्षेत्रमा दोहोर्याउने नीतिअनुसार ललितपुर–३ मा कार्कीलाई अघि सारेको जनाएको छ।
ललितपुर–३ बाट निर्वाचित भएपछि कार्की स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्रीसमेत बनेकी थिइन्। २०७९ को निर्वाचनमा उनले नेकपा एमालेका अमृत भट्टराईलाई पराजित गरेकी थिइन् भने उक्त क्षेत्रमा नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो भएकी थिइन्।











प्रतिक्रिया